var adfly_advert = 'banner';

यसकारण प्रचण्डले हटाए प्रधानमन्त्री र मन्त्रिको सल्लाहकार हुन स्नातकोत्तर चाहिने नियमावली

।सरकारले सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ लाई संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारमा नियुक्तिका लागि स्नातकोत्तर उपाधि हासिल गरेको योग्यता हुनुपर्ने मापदण्ड हटाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा सल्लाहकारमा प्रस्तावित व्यक्तिहरूको योग्यता नपुगेकाले सरकारको सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ संशोधन गरेको छ । ‘नियमावलीको दफा २२ मा रहेको सल्लाहकार हुन स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ भन्ने व्यवस्था मन्त्रिपरिषदले हटाएको छ । अब प्रधानमन्त्री र मन्त्रीले स्नातकोत्तर उपाधि हासिल नगरेका नेता तथा कार्यकर्तालाई समेत सल्लाहकार नियुक्ति गर्ने बाटो खुलेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment