![]() |
केही समय मधेसी जनअधिकार फोरम नेपालमा आबद्ध भई राजनीति गरेका यादव र गच्छदार फरक-फरक राजनीतिक स्कुलिङबाट आएका हुन्। यादव कम्युनिस्ट दर्शनबाट अभिप्रेरित भई राजनीतिमा लागेका हुन् भने गच्छदारको राजनीतिक पृष्ठभूमि कांग्रेस हो। तर, कालान्तरमा यादवले कम्युनिस्ट दर्शन छाडे भने गच्छदार क्षेत्रीय पार्टी राजनीतिमा लागे।
एउटै पार्टीमा हुादा पनि यादव र गच्छदारको सम्बन्ध सुमधुर थिएन। तराई मधेसमा को नेता बन्ने भन्ने प्रतिस्पर्धाका कारण यी दुई नेताको सम्बन्ध नदीका दुई किनाराजस्तो छ।
राजनीतिक सुरुवात
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदार दुवै अहिले फरक-फरक पार्टीमा रहेर राजनीति गरिरहेका छन्। कम्युनिस्ट नेता पुष्पलालको स्कुलिङबाट हुर्किएका यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्कुुलसम्म पुगे। कांग्रेस नेता बिपी कोइरालाको स्कुलिङबाट राजनीतिमा प्रवेश गरेका गच्छदार उपेन्द्रको मधेसवादको स्कुलसम्म आइपुगे।
एउटै जिल्लाका भएकाले यी दुवैबीच सुरुदेखि नै राजनीतिक प्रतिस्पर्धा थियो। गच्छदार कांग्रेस र फोरम लोकतान्त्रिकबाट पटक-पटक गरी १२ चोटि मन्त्री भइसकेका छन् भने यादव अहिलेसम्म दुईपटक मन्त्री बनेका छन्। २०६३ सालभन्दा अघिसम्म उपेन्द्र नेपाली राजनीतिमा त्यति परिचित थिएनन्, तर यस अवधिमा गच्छदार धेरैपटक मन्त्री भइसकेका थिए।
जिल्ला राजनीति
दुई नेताबीचको राजनीति र मनमुटावमा जिल्ला राजनीति पनि हावी छ। दुवै नेता सुनसरी जिल्लाका स्थानीयवासी हुन्। सुनसरीको मधुवनका यादवले मोरङमा पनि घर बनाइसकेका छन्। तर पनि यादवको राजनीतिक बढी सुनसरीबाट हुन्छ। दुवै अहिले प्रदेश नम्बर १ को नेता परेका छन्। दुवै नेताको जनाधार प्रदेश नम्बर २ पर्यो, तर जिल्ला राजनीतिक १ नम्बर प्रदेशमा पर्यो, त्यसले पनि दुई नेताबीच इगो राजनीति देखिन्छ, गुप्ता भन्छन्। सुनसरी जिल्लाको पचरा-८ मा जन्मिएका गच्छदार कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका हुन्। ०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालको पहिलो संसदीय निर्वाचनमा सुनसरीबाट निर्वाचित भए। उनले गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा राज्यमन्त्री हुनेसमेत मौका पाए। त्यसयता गच्छदार सरकारभन्दा बाहिर त्यति बस्नुपरेको छैन।
झगडाको त्यो दिन
२०६६ जेठतिरको सन्दर्भ हो। यादव र गच्छदारका समर्थक सांसदहरू मात्रै बाझाबाझमा उत्रिएका थिएनन्, स्वयं दुई नेता आरोप–प्रत्यारोपमा थिए संसदीय दलको कार्यालयमा। जतिवेला मधेसी जनअधिकार फोरममा एमाले नेता माधव नेपालको नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवाद चलेको थियो। १५, १६ र १७ जेठमा फोरमको बैठक बसेको थियो।
त्यो पार्टी फुट्नुभन्दा अघिको अन्तिम बैठक थियो। त्यतिवेला सिंहदरबारको संसदीय दलको बैठकमा दुई नेताका पक्षधर सांसदबीच हात हालाहाल भएको थियो। लगत्तै गच्छदारले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे अनि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए। त्यसपछि उनीहरूबीच आजसम्म सौहार्दपूर्ण भेटवार्ता भएको छैन। उपेन्द्र सहभागी भएको कार्यक्रममा गच्छदार जाँदैनन् भने गच्छदार भएका ठाउँमा उपेन्द्र जाादैनन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
![]() |

0 comments:
Post a Comment