![]() |
डाक्टरलाई प्रत्येक बिरामीले भगवानको रुपमा पुजा नै गर्नेे गर्छन् । त्यसैले पनि उनीहरुलाई जिवित डाक्टर भनिन्छ ।
नेपालमा भर्खरै नक्कली डाक्टरहरुको पक्राउ प्रकरण सेलाउन नपाउँदै पाकिस्तानमा भर्खरै जन्मेका शिशुसँग मृत शिशु साटफेर गर्ने घिनलाग्दो हर्कतमा पक्राउ परेका छन् ।
पाकिस्तानको पेशावरबाट डाक्टर , नर्स सहित नवजात शिशुलाई मृत शिशुको शवसँग साटेर परिवारलाई बच्चाको ज्यान गएको बताउने हर्कतमा लागेका ७ जना गएराती पक्राउ परेको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार यो समूहले कम्तिमा ९ शिशु चोरी गरेको र ७० हजारदेखि ३ लाख रुपैयाँसम्ममा बेचेका छन् । समूहको साथबाट एक बालिका शिशु पनि भेटिएकी छन् ।
![]() |

0 comments:
Post a Comment