var adfly_advert = 'banner';

एमालेले भन्यो, प्रचण्ड संवैधानिक रिक्तता ल्याउने षड्यन्त्रमा

प्रमुख प्रतिपक्ष एमालेले अघिल्लो सरकारले तयार गरेको कार्यतालिका अनुसार निर्वाचन नगराएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मुलुकमा संवैधानिक रिक्तता ल्याउने षडयन्त्र गरेको निष्कर्ष निकालेको छ। 

आइतबार बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकाल्दै तयार भएको कार्यतालिका अनुसार निर्वाचन गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बैठकले दबाबमुलक कार्यक्रम भने तयार पारेको छैन । भदौ दोस्रो साता बस्ने पार्टीको पोलिटब्यूरो र तेस्रो साता बस्ने केन्दीय समितिको बैठकले दबाबमुलक कार्यक्रम तय गर्ने छ । 

‘बैठकले नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम जनसमुदायलाई अपिल गर्दै अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ,’ बैठकको निर्णयमा उल्लेख छ।

बैठकको शुरुमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय एकता, संविधान कार्यान्वयन, पार्टी निर्माण जस्ता विषयलाई केन्द्रमा राखेर पार्टी आगामी दिनमा अघि बढ्ने दृढता व्यक्त गरे । ओलीले संविधान कार्यान्वयनमा सिंगो पार्टी पंक्ति परिचालन गर्नुपर्नेमा जोड दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment