var adfly_advert = 'banner';

काठमाडौं-तराई जोड्ने द्रुतमार्ग विदेशीलाई जिम्मा लगाउने मुडमा प्रचण्ड सरकार



सरकारले काठमाडौंदेखि तराई जोड्ने द्रुतमार्ग निर्माणमा विदेशी लगानीको खोजी सुरु गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विदेशी लगानी जुटाउने गृहकार्य गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रचण्ड सरकारले अघिल्लो सरकारले स्वदेशी लगानीमै फस्ट ट्रयाक निर्माण गर्ने निर्णय गरे पनि बजेटमा कुनै व्यवस्था नगरेको भन्दै विदेशी लगानीलाई प्राथमिकता दिएको हो । प्रधानमन्त्री प्रचण्डले नै फास्ट ट्रयाक निर्माणमा विदेशी लगानी जुटाउने प्रयास भइरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार नेपाल टेलिभिजनको कार्यक्रममा दुई उपप्रधानमन्त्रीहरुको छिमेकी मुलुक चीन र भारत भ्रमणका समयमा आयोजना अघि बढाउने विषय एजेन्डामा राखिएको बताए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment