![]() |
प्राय जसो सबै मानिसहरुमा किशोरावस्था हुँदो स्मरणशक्ति एकदमै बलियो हुन्छ । जे कुरा पनि सजिलै सम्झिन वा बुझ्न सकिन्छ । अबि उमेर बढ्दै गएपछि हिजोकै कुरा पनि सम्झिन गाह्रो परिरहेको हुन्छ । यस्तो किन हुन्छ? मानिसको सम्झिन सक्ने क्षमता धेरै कुरामा भर परेको हुन्छ । जस्मा हाम्रो खाने बानी र समय, सुत्ने बानी र समय अनि तपाईँको मस्तिष्कको क्षमता आदि ईत्यादी ।
हामी सबैले आफ्नो स्मरण शक्तिलाई पुनर्ताजगी बनाईराख्न आजैदेखि आफ्नो जीवनमा केही सुत्रहरु अपनाउन जरुली रहेको छ ।
यस्ता छन् सुत्रहरुः
–दिमागको अभ्यास गर्नुहोस्
आफ्नो दिमागको पसिना निकाल्नुहोस्, भनेको धेरै सोँच्नुहोस्। तर जतिबेला पनि व्यर्थ कुरा सोँच्नु हानिकारक हुन्छ। विशेष गरी विहान उठेपछि आफ्नो दिमागलाई कुनै जटिल काम गर्न दिनुहोस्। सुडोकु, लुडो जस्ता चुनौतीपूर्ण खेलले दिमागको सम्झन सक्ने शक्तिलाई जागरुक गर्दछ। बाघचाल, चेस, स्क्र्याम्बल जस्ता दिमाग चलाउन पर्ने खेलहरूले पनि तपाईँको दिमागको राम्रो अभ्यास गराउँदछ। सँधै एउटै किसिमले काम नगर्नुहोस्। कार्यालय जाँदा सँधै जाने बाटोभन्दा भिन्न बाटोबाट जान सक्नुहुन्छ। अथवा सँधै दाहिने हातले दाँत माझ्नुहुन्थ्यो भने, देब्रे हातले दाँत माझ्ने अभ्यास गर्नुहोस्। भन्नाले, भिन्दाभिन्दै अनुभव लिने कोशिस गर्नुहोस् ।
–धेरै सुगन्ध सुँघ्नुहोस्
दिनहुँ कुनै नयाँ कुराको गन्ध थाहा पाउने कोशिस गर्नुहोस्। जब तपाईँ विहान उठ्नुहुन्छ, कुनै न कुनै कुराको गन्धलाई सुँघ्नुहोस्, जस्तैस कफी पाउडर, गुलाफको फूल। वैज्ञानिकहरू भन्छन् कडा सुगन्धले मानिसको संज्ञानात्मक क्षमताको विकास गर्दछ। भन्नाले जति धेरै नयाँ सुगन्ध सुँघ्यो, त्यति धेरै मस्तिष्कले त्यो गन्धलाई सम्झिन खोज्दछ, जसले गर्दा तपाईँको स्मरण शक्तिमा विस्तारै सुधार हुँदै जान्छ ।
–पर्याप्त सुत्नुहोस्
शरीर निदाउँछ तर दिमाग निदाउँदैन। राति शरीर निदाएको बेला दिमागले तपाईँको शरीरको हेरचाह गरिरहेको हुन्छ। तपाईँको शरीर जति स्वस्थ भयो, दिमागलाई पनि त्यति नै राहत हुन्छ। त्यसैले पर्याप्त सुत्नुहोस्, निन्द्रालाई मिचेर कुनै पनि काम नगर्नुहोस्। बरु राति गर्नुपर्ने कामलाई दिउँसै गर्न सकिन्छ ।
–स्मरण शक्ति बढाउने प्राकृतिक खाना खानुहोस्
प्रशस्त एण्टिअक्सिडेण्ट पाइने खानेकुराहरू (बदाम, ओखर, काजु, अङ्गुर, स्याउ, केरा, गाढा हरीयो सागपात, अदुवा, गाँजर, आदि।) खाँदा स्मरणशक्तिलाई कमजोर बनाउने इलेक्ट्रोनहरूलाई निष्क्रिय बनाउँदछ र विस्तारै मस्तिष्को क्षमतामा वृद्धि हुँदै जान्छ। माछा र गेडागुडीमा पाइने स्वस्थ बोसोले पनि दिमागलाई फाइदा गर्दछ ।
–भूत, वर्तमान र भविष्य
तपाईँको विगतका कुरा र घटनाहरूलाई सम्झिने प्रयत्न गर्नुहोस् र त्यसलाई फेरि दोहोर्याउने कोशिस गर्नुहोस्। वैज्ञानिकहरू भन्छन् दिनदिनै विगतका भुलिसकेका घटनालाई सम्झिने प्रयास गर्दा, कुनै न कुनै एक दिन पक्कै पनि सम्झिन सकिन्छ। यो सबै तपाईँको इच्छाशक्तिमा भर पर्दछ। यसरी पहिलेका कुराहरू सम्झिने अभ्यास गर्नुभयो भने, दिमाग बुढो हुने क्रम पनि ढिलो हुने वैज्ञानिकहरू विश्वास गर्छन्।
– (अतिरिक्त) यौन सम्पर्क गर्नुहोस्
यौन सम्पर्क भनेको प्रकृतिले प्राणीहरूलाई दिएको अमूल्य देन हो भन्न सकिन्छ। केवल विकासक्रमलाई जारी राख्नको लागि मात्रै होइन, हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न पनि यौन सम्पर्कको अत्यावश्यक पर्दछ। यौन क्रियाकलापमा सम्मेलन हुँदा हाम्रो शरीरमा ‘अक्सिटोसिन’ नामक हर्मोन पैदा हुन्छ, जसले हाम्रो शरीरमा ‘पेन किलर’को काम गर्दछ। यसले थकाइ, तनाव र दिमागको बोझलाई हलुका बनाउन मद्दत गर्दछ। अनि तपाईँको दिमाग जति हलुका भयो, स्मरण शक्ति पनि त्यति नै वृद्धि हुँदै जान्छ ।
–यी उपायले भएनन?
ध्यान गर्नहोस्। ध्यान गर्नाले मष्तिस्कका विकार कम हुन्छन्। शरिर स्वस्थ हुन्छ। शरिर स्वस्थ हुँदा मष्तिस्क पनि स्वस्थ हुन्छ। ध्यान गर्ने कयौं विधि छन्। जुनै विधि अपनाएपनि दिमागलाई केन्द्रित गराउन सक्ने हो भने स्मरण शक्ति बढ्छ। चिन्ता कम लिनुस, रिस कम गर्नुस्। रिस र चिन्ताले स्मरण शक्ति बढाउन मद्धत गर्दैन। बरु दिमागलाई अन्यत्र पुर्याउँछ अनि सोच्न सक्ने शक्तिमै कमी ल्याउँछ ।
![]() |

0 comments:
Post a Comment