var adfly_advert = 'banner';

मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्छ : ओली





काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन्।

पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मुलुकमा कुनै पनि भीषण आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसका लागि अहिलेदेखि नै तयारी हालतमा बस्नुपर्छ।'


ओलीले माओवादी केन्द्र र नेपाली काँग्रेसले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्रअनुरुप आफू नेतृत्वको सरकार हटाएको आरोप लगाउँदै भने, संविधान असफल पार्ने ठूलो षडयन्त्र भइरहेको छ। त्यसको विरुद्धमा भीषण आन्दोलन आवश्यक पर्नसक्छ। ओलीले माओवादी र काँग्रेसले सहमतिको राजनीतिलाई भत्काएर मुलुकलाई गलत दिशातर्फ धकेलेको आरोप पनि लगाए। उनले भने, यसको नराम्रो परिणाम कांग्रेस माओवादीले छिटै भोग्नुपर्छ।'

ओलीले आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि त्यसबाट अत्तालिएर माओवादी र काँग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप लगाउँदै संविधान कार्यान्वयन गर्न नखोज्ने षड्यन्त्रका विरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने बताए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment