var adfly_advert = 'banner';

पाकिस्तानमा हस्तक्षेप गर्न मोदीलाई आग्रह





पाकिस्तान प्रशासित कश्मीरको गिलगिट बाल्टिस्तानमा स्थानीय बासिन्दाले पाकिस्तानी सेनाको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरूले पाकिस्तानका विरोधमा विशाल नारा जुलुस पनि गरेका छन् ।

प्रदर्शनका क्रममा ५ सय युवालाई हिरासतमा लिइएको छ । पक्राउ परेकामा अधिकारवादी बाबा जान पनि छन् । आक्रोशित भीडले पाकिस्तान प्रशासित क्षेत्रबाट पाकिस्तानी सेना फिर्ता गर्न माग गरेका छन् ।

केही दिनअघि एसियन ह्युमन राइट कमिसनले आफ्नो एक बयानमा गिलगिट बालिस्तानमा पाकिस्तानी प्रहरीले अत्याचार गरेको भन्दै विरोध प्रकट गरेको थियो । त्यस क्षेत्रमा थप सुरक्षाकर्मी राख्दा शान्त इलाकामा झनै अशान्ति बढेको उसको दाबी थियो । त्यस क्षेत्रमा प्रहरीले अवाञ्छित गतिविधि गर्ने गरेको त्यस संस्थाको भनाइ थियो ।

शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीर, लद्दाख र पाकिस्तान प्रशासित क्षेत्र भारतको भूभाग भएको बताएका थिए । पाकिस्तानले पनि भारत प्रशासित कश्मीरमा सरकारले अत्याचार गरेको भन्दै संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्न आह्वान गरेको थियो । भारत प्रशासित कश्मीरका जनतामाथि अत्याचार भएको भन्दै पाकिस्तानले विरोध गरेको थियो ।

प्रदर्शनकारीले गिलगिटका अस्तोर, दियामिर र हुनजामा विशाल प्रदर्शन गरेका थिए । यी क्षेत्रमा सियाको घना बसोवास छ । पाकिस्तानमा सुन्नी मुस्लिमको वर्चस्व रहेको छ ।

मोदीसँग सहयोग माग्दै पाकिस्तानी
पाकिस्तानको बलुचिस्तानका जनताले आफ्नो मानवअधिकार उल्लंघन हुने गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग माग गरेका छन्। उनीहरूले बलुचिस्तानका जनतामाथि हुने अत्याचारको मुद्दा संयुक्त राष्ट्रसंघमा उठाइदिन आग्रह गरेका छन् ।

बलुच कार्यकर्ता नायला बलुचले भने, ‘बलुचिस्‍तानका बासिन्दा पीडित भएका छन् । नरेन्द्र मोदीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा हाम्रो आवाज उठाउनु पर्छ ।’ बलुचिस्‍तान, बल्तिस्‍तान र पाकिस्‍तान प्रशासित कश्‍मीरका जनताको आवाज राष्ट्रसंघमा उठाइदिनुपर्ने उनीहरूको माग छ।

यसैगरी बलुच कार्यकर्ता हमाल हैदर बलुचले भने, ‘हामी धर्म निरपेक्षता र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं ।’ पाकिस्तानले बलुचको हत्या गर्ने गरेको उनले बताए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment