![]() |
अस्पतालका चमेना गृह आफै अस्वस्थ्य र फोहरको डंगुरमा
सविता उप्रेती ,अस्पताल र स्वास्थ्य आफैमा परिचय गाँस्ने शब्द हुन नै । स्वास्थ्यसंग अस्पतालको सम्बन्ध झनै सुमधुर हुन्छ यस्मा दुई मत हुन्न पनि । तर अस्पतालको अवस्था नै फोहर र दुर्गन्धित बन्दा विरामी र विरामी कुरुवाको हालत के होला ? मुलुकको जेठो अस्पताल वीर अस्पतालको चमेना गृहले जन्माएको प्रश्न हो यो ।
यो सरकारी वीर अस्पतालको चमेना गृह हो । जहाँ दैनिक सयौ विरामी र विरामी कुरुवाहरुले खाना तथा खाजा खाने गर्छन् । जसबाट चमेना गृह सञ्चालकले दैनिक हजारौ कमाउने गने गछन् । तर, उक्त सरकारी अस्पतालका चमेना गृहमा निकै फोहोर रहेको देखिन्छ । अस्पतालका क्यान्टिनमा सरसफाइको कमी, नछोपी राखेको खानेकुरा कामदारले लगाउने एप्रोनमा पनि कैफियत फेला परेको छ । यो कान्ती बाल अस्पतालको गुहेश्वरी क्यानटिङ हो । वालवालिकाहरु र तिनका अभिभावकहरुले समेत प्रयोग गर्ने यो क्यान्टिन कति प्रदूषित छ ।
![]() |

0 comments:
Post a Comment