![]() |
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल गरेका थिए । छलफलपछि माओवादी केन्द्रबाट ५ जना मन्त्रीहरु छानिएका छन् । जसमा ऊर्जा मन्त्रीमा जनार्दन शर्मा प्रभाकर, सञ्चार मन्त्रीमा राम कार्की, स्थानीय विकाश मन्त्रीमा हितराज पाण्डे र शिक्षा मन्त्रीमा डीआर पौडेल परेका छन् भने मधेसबाट सिराहाका समानुपातिक सांसद अजय शंकर नायक कानुनमन्त्री भएका छन् ।
यसअघि धेरै चर्चामा रहेका प्रभु शाह भने मन्त्रीको कोटामा परेका छैनन् । शाहलाई कानुन मन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर, उनले स्थानीय विकास मागेका थिए ।
मन्त्री पदका लागि नियुक्त भएकाहरुलाई आज दिउँसो तीन बजे सपथ ग्रहण गराईने तयारी गरिएको छ ।
माओवादी उच्च स्रोतका अनुसार कांग्रेसले स्वास्थ्यको सट्टा शिक्षा मन्त्रालय लिन चाहेमा पौडेलको मन्त्रालय परिवर्तन हुनेछ ।
![]() |

0 comments:
Post a Comment