![]() |
सिंहदरबाट सय मिटर पूर्व अनामनगरस्थि धोबी खोलामा लगाइएको अस्थाइ पुलले जनतालाई आउनजान निक्कै सास्ती भएको छ। देशको मूख्य प्रशासनिक केन्द्र सिंहदरबार नजिकै रहेको खोलामा यस्तो पुल सरकारले लगाएपछि जनतालाई निक्कै सास्ती भोग्नु परेको हो।
वर्षा याम सुरु भएसँगै धोबी खोलामा आएको बाढीले पुल भत्काएपछि सरकारले तत्कालका लागि अस्थाइ पुल बनाएको थियो। तर उक्त पुललाई भारी वर्षाले बगाएको स्थानीय गणेश गुरुङले बताए।
उनका भने, ‘ साउन महिनामा वर्षा भएपछि एक पटक त यो नै पुल बगायो। किनकी पुलमा एक जना मात्रै हिड्न मिल्ने र पातलो फलामको भएकाले धेरै हल्लिएर झर्ने डर हुन्छ। पहिला डोरी मात्रै लगाएको थियो भने अहिले पुललाई उक्त स्थानबाट सारेर अर्को ठाउँमा राखिएको छ तर फलाम लगाए पनि धेरै हल्लिने भएकाले मानिसहरु आवत जावत गर्न डराउँछन्।’
खोला नजिकै मदन भण्डारी कलेज रहेकाले पढ्न आउने विद्यार्थीहरुलाई झनै सास्ती भएको कलेजमा अध्ययनरत विद्यार्थी दिलिप कार्कीले बताए। उनका अनुसार पुलमा हिड्दा धेरै हिल्लिने भएकाले एक जना मात्रै चढेर वारपार गर्ने गर्नु पर्ने हुन्छ। अर्को मानिसले पुल तर्न पालो कुर्नुपर्ने हुन्छ।
![]() |






0 comments:
Post a Comment