![]() |
एकसमयकी चर्चित अभिनेत्री निरुता सिंहलाई दर्शकहरुले पर्दामा हेर्न नपाएको पनि अहिले लामो समय भइसकेको छ । २०२९ साल असोज १० गते भारतको दार्जलिङ्गमा जन्मिएकी निरुता सिंह सोमबारबाट ४४ बर्षमा लागेकी छिन् ।
अब उनी फेरी नेपाली चलचित्रमा कमब्याक गर्ने सम्भावना निकै न्यून छ । निरुताका पिता निर्देशक तुलसी घिमिरेका साथी थिए । तुलसी घिमिरेले निर्देशन गर्ने सबै चलचित्रमा तृप्ती नार्टकरपछि निरुताले स्थान लिएकी थिइन् । पहिलो चलचित्र दक्षिणाबाट अभिनय यात्रा थालेता पनि तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छाँया’ बाट उनी सबैको नजरमा परिन् र आर्कषणको केन्द्रविन्दु समेत बनिन् । कलेजमा पढ्ने विद्यार्थी जो मृत्युको पखाईमा थिइन जोसँग बाच्ने समय केवल ६ महिना थियो त्यस्तो भुमिकामा निरुताले अभिनय गरेकी थिइन । २००१ मा नेपाली चलचित्र ‘दर्पण छाँया’ त्यसयता प्रदर्शनमा आएका चलचित्रहरु मध्ये सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा दर्ता हुन पुग्यो ।
अभिनयका साथ साथै गायनमा पनि रुची राख्थिन् निरुता । उनले नेपाल टेलिभिजनका लागि दीपक रायमाझीद्धारा निर्देशित टेली चलचित्र ‘बंश’को शिर्ष गीतमा पहिलो पटक आफ्नो स्वर दिएकी थिइन । पछि उनले ‘दिपसिखा’ नामक एल्बमका लागि पनि एउटा गीत रेकर्ड गराएकी थिइन । उनले गाएको ‘छाडी जाने मायालु’ बोलको एक आधुनिक गीत अहिले पनि दर्शक, स्रोतामाझ निकै चर्चित छ । उनले सन् २००८ देखी २०१० सम्म आफ्नो सौख पुरा गर्न इन्टेरियर डिजाइनिङ्ग सिक्नका लागि मुम्बई प्रस्थान गर्दै अभिनयलाई २ बर्षका लागी ब्रेक लगाएकी थिइन । त्यसपछि उनी पुन: नेपाल फर्किएर चलचित्र अभिनयमा लागिनन् । उमेरले ४४ बर्ष लागेपनि उनी हालसम्म अविवाहित छिन् ।
.
![]() |

0 comments:
Post a Comment