var adfly_advert = 'banner';

"पत्रकार प्रेम बानियाँ सपरिवारसहित अमेरिकातिर "(मनछुने पत्र )"



यो एभिन्यूज टेलिभिजनको संकेत हो, म प्रेम बानियाँ’
तपाईंका यिनै मिठासपूर्ण सब्दहरुमा आफ्नो भविष्य खोजेर मिडियामा प्रवेश गरेका थुप्रैमध्ये म पनि एक हुँ । म राम्रो पत्रकार बन्छु, राम्रो टेलिभिजनकर्मी बन्छु भन्दापनि म ‘प्रेम बानियाँ’ जस्तै बन्छु भन्नेहरुको लर्को लामै छ । र त्यो मध्ये म पनि एक पक्कै हुँ । अरु थुप्रै होलान् सायद !


एभिन्यूज टेलिभिजन, खबर भित्रको खबर, पावर न्यूज, रियल फेस, वा जय स्वाभिमानभन्दा पनि प्रेम बानियाँलाई नै हेर्नेहरु पनि कम थिएनन्, छैनन् । सटिक प्रस्तुती, कडा प्रश्न र स्वाभिमानका प्रति तपाईंले गर्ने टिप्पणीले धेरैलाइ नतमस्तक बनाएको थियो र छ पनि ।
देशमा केहि छैन, केहि भएन होइन, गर्नुपर्छ वा हुनुपर्छ भनेर टेलिभिजनका पर्दाहरुमा तपाईंले दिने संदेश पक्कै पनि खास थिए । तपाईंलाइ नै हेरेर स्वाभिमानको अर्थ बुझ्नेहरु धेरै थिए, छन् पनि ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment