![]() |
२. ढीला घर नआउनेः श्रीमती नभएको मौका यही हो भनि तपाई ढीला घर नआउनुहोस् । यदी घरमा परिवार हुनुहुनछ भने पहिलेभन्दा छिटै घर आउनुहोस् । उनीहरुलाई हेरचाह र सहयोग गर्नुहोस् । कोही छैन भने पनि यताउता बरालिएर नहिड्नुहोस् । जुनपछि तपाईको बानि बन्न सक्छ । आज त श्रीमती छैन किन घर जानु या जतिबेला गएपनि भयो, भन्ने नसोच्नुहोस् । यदी तपाईलाई यस्तो बानि बस्यो भने त्यसलेपछि पनि नकारात्मक असर पार्न सक्छ ।
३. अरुसँग धेरै समय नबिताउनेः तपाईलाई एक्लो महसुश हुन सक्छ त्यस बखत । तर, एक्लै भए भन्दैमा बाहिर गएर साथीभाई सँग समय धेरै नबिताउँदा नै राम्रो हुन्छ । एक्लो महसुश भए टी.भि. हेर्ने, कुनै किताब पढ्ने, गेम खेल्ने, पुराना फोटाहरु हेर्ने जस्ता कुराहरु गर्नु पर्छ । यसो गर्दा श्रीमती आएपछि तपाईको माया छन् बढेर जान्छ र एक्लोपनि हटेको महसुश हुन्छ । श्रीमतीलाई पनि तिमी नभएकाबेला साथीसँग रमाइलो गरे भन्दा यसरी दिनहरु बिताएभन्दा खुसी लाग्नेछ ।
४. श्रीमतीलाई सम्पर्क गर्नेः श्रीमती माईत गएकाबेला उहाँ घरपरिवारका सदस्यसँग व्यस्त हुन सक्नुहुन्छ । उहाँसँग तपाईलाई फोन गर्ने समय पनि नमिलन सक्छ सबैका अगाडी तर तपाईले गरेपछि फोन नउठाउने त कुरै हुदैन । त्यसैले उसले सम्पर्क गर्नुपर्छ भन्ने मानसिकताबाट हटेर मैले गर्दा अझ राम्रो भन्ने भावना राख्नु पर्छ । समय मिले च्याट गर्ने या म्यासेज गरिरहनु पर्छ । यसले तपाईको सम्बन्धलाइृ साच्चि मधुर र सदा राम्रो बनाउन सहयोग गर्नेछ ।
५. आजै हो भन्ने नसोच्नेः कतिपयले भन्ने गरेको सुनिन्छ, ‘बल्ल माईत गई ।’ कहिले माईत जाली र मैले मोज, मस्ती गर्न पाउँला । यस्ता भावना राख्नु गलत हो । तपाई उहाँसँग सयौँ जुनी जीउने कसम खाएर वैवाहीक जीवनमा बाँधिनुभएको छ । त्यसैले सम्बन्ध राम्रो बनाउनु तपाईको महत्वपूर्ण भूमिका हुने गर्छ । यस समयमा तपाईले आफ्नो सम्बन्ध विग्रने खालका त्यस्ता कुनै पनि गलत काम गर्नु हुदैन । आफ्नो भविष्य र परिवारलाई हरपल सम्झनु पर्छ तपाईले । आजै त हो भनेर आज गरेको कुनै कामले तपाईको सम्बन्ध विग्रने अवस्था आउनु हुदैन ।
![]() |

0 comments:
Post a Comment