var adfly_advert = 'banner';

धादिंगमा बस दुर्घटना हुनुको मुख्य कारण यस्तो छ !

रुट परमिटै थिएन
-बसको छत र सिटमा टनाटन यात्रु
 -अधिकांश भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका लागि अनुदान लिन आएकाहरू
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !मार्पाकको लपाङफेदीमा मंगलबार बस दुर्घटना हुँदा पाँच महिलासहित १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ गम्भीर र ११ जना सामान्य घाइते भएका छन् । खचाखच यात्रु बोकेर सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको ना४ख ३३१८ नम्बरको समीक्षा यातायातको बस बिहान साढे ११ बजे मार्पाक–६ स्थित उकालोबाट खसेको हो ।

पहिरोले बनाएको ढिस्को पार गरेपछि सडक धस्सिएर बस तीन सय मिटर तल आँखुखोलातर्फ खसेको डीएसपी दीपेन्द्र पञ्जियारले बताए ।प्रहरी निरीक्षक भीमप्रसाद भट्टराईका अनुसार दुर्घटनामा परी बसचालक गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा, मार्पाक–५ का कमला पौडेल, पवनबहादुर स्माली मगर, दिलकुमारी

अधिकारी, दार्खा–९ का रामचन्द्र सापकोटा, सत्यदेवी–२ का रंगसिंह तामाङ, मिदीजंग तामाङ, रौता तामाङ, ३ का लीलाबहादुर गुरुङ, चीरमाया तामाङ, रावन तामाङ, रि–८ का मुना तामाङ, मानबहादुर तामाङ, २ का टेकबहादुर तामाङ, चन्द्रमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले, मार्पाक–५ का पदम थापा र ठेगाना नखुलेका नरबहादुर थापाको पनि मृत्यु भएको छ । धनकुमारी सापकोटाको भने उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

मृतक धनकुमारी र रामचन्द्र आमा–छोरा हुन् । घाइतेलाई सेनाको र निजी हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । ‘हामीकहाँ ल्याइएका घाइतेहरूको उपचार भइरहेको छ,’ राजधानीस्थित त्रिवि शिक्षण अस्पतालका इमर्जेन्सी विभाग प्रमुख प्रा.डा. प्रतापनारायण प्रसादले भने । 

बसको टिकट काउन्टरले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिएको बस सञ्चालकले बताएका छन् । सदरमुकामबाट किन्ताङफेदी जान टिकट काटेका ३५ जना बोकेको बसमा बाटोमा अरू यात्री थपिएका थिए ।

संयुक्त बस यातायात व्यवसायी समितिका अनुसार उक्त बसमा भूकम्पले क्षतिग्रस्त घर पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान लिन सदरमुकाम आएका सत्यदेवी र रि गाविसका भूकम्पपीडितको संख्या बढी थियो । बसको छत र सिटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले बताए । 

दुर्घटनास्थल सदरमुकामबाट २३ किलोमिटर उत्तरमा पर्छ । उक्त सडकमा बस सञ्चालनका लागि कसैले पनि रुट परमिट पाएका छैनन् । पहिरोले अवरुद्ध सडक स्थानीयवासीले सम्याएपछि जबर्जस्ती यातायात सञ्चालन हुँदै आएको थियो ।

दुर्घटनालगत्तै उद्धार र उपचारका लागि चिकित्सकको टोली लिएर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शरदकुमार खत्री र प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियारको टोली मिनीट्रक लिएर अपराहन ५ बजे मात्र घटनास्थल पुगेको थियो ।

नजिकैको प्रहरी टोली भने करिब एक घन्टामा घटनास्थल पुगेको थियो । ‘पहिरो आएर ढिस्को परेको स्थान पारे गरेपछि सडक धस्सिएर बस खसेछ,’ डीएसपी पञ्जियारले भने, ‘वर्षात्ले सडक नै क्षतिग्रस्त छ, ठूला खाल्डा मात्रै छन् ।’ 
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment