![]() |
बालबालिकामा नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा र रुघाखोकी तथा पिनास हुँदाकान पाक्न सक्छ । त्यसमाथि नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाँउदा सक्र्यो भने वा बच्चाले उल्टी गरेको दुध कानमा प¥र्यो भने पनि कान पाक्ने सम्भावना हुन्छ ।
कानको मध्ये भागमा संक्रमण हुँदा कान बन्द हुने, नसुन्ने, कान कराउने, दुख्ने भई ज्वरो समेत आउने गर्दछ । मध्य कानको काम शारीरीक सन्तुलन ठिक राख्ने हुनाले कान पाक्ने समस्या हुँदा शारीरीक असन्तुलन हुने तथा रिङ्गटा लाग्ने पनि हुन्छ ।
कानको जाली फुटेर पिप बाहिर निस्क्यो भने दुखाइ अलि कम हुन्छ । त्यस्तो हुँदा बिस्तारै भित्रि कान र टाउकोको हड्डी तथा मस्तिष्कको झिल्लीसम्मलाई समेत असर गर्न सक्छ । यस्तो हुँदा मस्तिष्कमा पिप भरिने डर पनि हुन्छ । कान पाक्ने समस्या जीर्ण प्रकारको भई लामो समयसम्म रहन सक्छ । अतः कानको समस्यालाई हेलचक्रयाँई गर्नु हुँदैन ।
कानको बाह्य भागमा संक्रमण हुनसक्छ । यस्तो बेला कानको लोती चलाउँदा वा थिच्दा अत्याधिक पीडा हुन्छ भने कानको बाह्य भागमा बालतोड जस्तै रातो हुने, सानो खटिरा आउन सक्दछ । कान पाक्ने समस्या गराउने किटाणुहरु एच इन्फुएन्जा, न्यूमोकोकस, स्टाफाइलोकोकस अरियस आदि हुन् ।
कान पाक्ने समस्याबाट प्रभावित हुन सक्ने बालबालीकाहरुलाई नुहाँइदिँदा कानमा कपास राखिदिने गर्नुपर्छ । रुघा तथा खोकी श्वास प्रणालीको संक्रमण हुँदा तुरुन्तै उपचार गराउनुपर्छ । कान चिलायो भनेर कहिल्यै पनि प्वाँख, सिन्का, कानकुट्टीले कान कोट्याउनु हुदैन् । - एजेन्सी
![]() |

0 comments:
Post a Comment