![]() |
काठमाडौं, १२ असोज । नोभेम्बर पहिलो सातका लागि निर्धारित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन नहुने भएको छ ।
भारतले सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी सार्क अध्यक्ष रहेको देश नेपाललाई जानकारी गराएको हो ।
कुनै एक सदस्य देश शिखर सम्मेलनमा सहभागी हुन नसक्दा सम्मेलन आयोजना हुन नसक्ने प्रचलन रहेको छ ।
भारत नियन्त्रित कस्मीरको उरी क्षेत्रमा गत साता भएको आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत पाकिस्तान सम्बन्ध थप कटुतापूर्ण बनेको छ ।
भारतले उक्त आतंककारी हमलामा पाकिस्तानको हात रहेको बताएको छ भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । सार्ककका महत्वपूर्ण दुई सदस्य मुलुकबीच बढ्दो तनावले सम्मेलन तोकिएको मितिमा नहुने भएको हो ।
भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सार्कको अध्यक्ष मुलुक नेपाललाई सार्क शिखर सम्मेलनमा भारत सहभागी हुन नसक्ने अवगत गराइएको उल्लेख छ ।
भारतको यो कदमबाट उत्पन्न हुने स्थितिलाई अध्यक्ष नेपालले कसरी सम्बोधन गर्ने हो त्यो स्पष्ट भैसकेको छैन । नेपाल अहिले दोधारको अवस्थामा छ ।
सार्कको स्थापना भने पाकिस्तानकै प्रस्तावमा भएको थियो ।
अन्नपूर्ण पोष्टमा समाचार छ
![]() |

0 comments:
Post a Comment