var adfly_advert = 'banner';

पाकिस्तानलाई साथ दिने घोषणापछि जबरजस्त भारत पस्यो चिनियाँ सेना



काठमाडौं, १० असोज । भारतको अरुणाञ्चल प्रदेशको सीमाबाट लगभग ४५ किलोमिटर अरुणाञ्चलतर्फ गएर चिनियाँ सेनाले क्याम्प खडा गरेर बसेको सामाचारहरु बाहिर आएका छन् ।

उरी आक्रमणमा १८ जना भारतीय सैनिक मारिएपछि भारत-पाकिस्तान विवाद चर्किएका बेला चिनियाँ सेनाले पनि भारतकै भुमिमा क्याम्प खडा गरेर ४ दिनसम्म बसेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर ९ तारिखमा भारतको अरुणाचल प्रदेशमा क्याम्प बनाएर चिनियाँ सेना ४ दिनसम्म बसेको थियो ।

भारतीय सेना र आइटीबीपीले संयुक्त गस्ती गरिरहेका बेला चिनियाँ सेनालाई देखेपछि फिर्ता पठाएको हो ।

चिनियाँ सेनालाई भारत छिर्न नदिन अक्टोबर १ तारिखमा भारतले बैठक गर्ने भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment