var adfly_advert = 'banner';

विश्‍वकै कुरुप महिला जसले संसारलाई प्रेरणाको पाठ पढाइन्



जब कुनै पनि मानिसलाई आफैदेखि घृणा जाग्न थाल्छ। उसले जब यो दुनियामा केही छैन भन्ने सोच्न थाल्छ उसको संघर्षको कथा नै अलग हुन्छ।

यस्तै एक युवती जसको अनुहार विश्वमै सबैभन्दा नराम्री भनेर मानिसहरुले भन्ने गरेका छन्। तर यी युवतीले मानिसलाई यस्तो सन्देश दिइन की त्यो सन्देश अहिले पनि विश्वको लागि प्रेररणादायी छ।

यो प्रेरक कहानी लिजी नामकी एक महिलाको हो जसले जीवनमा प्रत्येक दिन मरे समानको जीवन जिउन बाध्य भइन् र आफ्नो मात्र नभइ उनले आफूजस्तै सबै महिलाको जीन्दगी जिउने कलाको सूत्रपात गरिन्। उनले संसारले आफूतिर हेर्ने दृष्टि नै कुरुप भएको प्रमाण दिएर सबैको प्रशंसा पाइन्।

लिजीका अनुसार उनलाई सुरुमा यति धेरै समस्या भने आइलागेको थिइनन्। तर जब १७ वर्षमा उनले यूट्युबमा एउटा भिडियो द वर्ल्ड्स अगलिएस्ट वूमेन अर्थात विश्वकै सबैभन्दा कुरुप महिला शीर्षकको भिडियो हेरिन। उनको पूरै जीन्दगीमा परिवर्तन आयो। त्यो भिडियोमा सर्वसाधारणले दिएका नकारात्मक सुझावले उनलाई निक्कै हतोत्साहित बनायो। यतिसम्मकी मानिसले मर्नेसम्मको अनेक कुरा भनेका थिए।


लिजीलाई यो कुराले निक्कै चोट पुर्याएको थियो। तर उनले हिम्मत हारिनन्। उनी आफू हतोत्साहित हुनुभन्दा पनि आफै खुसी हुने मनमा आट बोकिन र यही अनुहारलाई लिएर केही गर्ने संकल्प गरिन्।

२६ वर्षीया लिजी नियोन्टल प्रोजेरियोइड सिन्ड्रोम ९लभयलबतब िउचयनभचयष्म कथलमचयmभ०रोगबाट पीडित छिन्। यही रोगको असरले मांसपेशी मष्तिष्क, हृदय, आखाँ तथा शरीरको हड्डिमा असर पर्दछ। जसले जवानी उमेरमा पनि बुढ्यौलीको झल्को दिन्छ। शरीरको तौल समे बढ्न बन्द हुन्छ। यी सबै समस्या उनले हुर्किने उमेरमा भोग्न बाध्य भइन्।

क्युमेन्ट्री लन्च गर्ने निर्णय

लिजीले आफूलाई गिज्याउने मानिसका लागि एउटा डकुमन्ट्री बनाउने निर्णय गरिन्। जसले मानिसलाई उनको समस्याको बारेमा जानकारी मात्र नभइ रोगको बारेमा समेत बुझ्न मद्दत मिल्थ्यो। यसपछि उनले त्यही अनुसार आफ्नो बारेमा डकुमेन्ट्री बनाइन् र अस्ट्रेलियामा सार्वजनिक गरिन जसको नाम राखिन, ुअ ब्रेभ हार्ट वेलासक्वेजु

यो डकुमेन्ट्रीमा सामाजिक उत्पीडनबाट गुज्रिनु परेका बाध्यता, आफूले भोगेको दुस्ख समेटिएको छ। जुन २१ औ ताब्दीको मानिसका लागि प्रेरणादायी बन्न सफल भएको छ। उनले उक्त डकुमेन्ट्रीमा आफ्नो समस्यालाई एक प्राकृतिक देन भनेकी छन्। हेर्नुस् लिजाको बारेमा बनाइएको डकुमेन्ट्री
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment