![]() |
गिरान्चौर पुगेपछि उनीहरुले आफ्ना साथीलाई फोन गरे । मौसम सफा थियो । प्याराग्लाडिङ गरेर साथीहरुलाई गिरान्चौर बोलाउने निधो भयो । हवाइजहाजको रुट नपर्ने भएकाले विजय चौलागाई, डम्बर बहादुर घिसिङ, बबी राउत, विरेन्द्र गुरुङ गिरान्चौरका लागि उड्यो । काठमाण्डौँको शंखरापुर देउराली डाँडाबाट उडेका उनीहरु हेर्दाहेर्दै गिरान्चौरभन्दा माथि आकाशमा देखियो । धुर्मुस भन्छन्, “मन निकै रोमाञ्चीत भएर आयो । खुशीको सिमै रहेन । हेर्दाहेर्दै आधा घण्टामा नै प्याराग्लाइडिङ पाइलट पल्लो डाँडाबाट गिरान्चौरको बारीमा झरे”
वि.सं २०७१ सालदेखि शंखरापुर प्याराग्लाइडिङ सुरु भएको हो । काठमाण्डौँदेखि ३५ किलोमिटरको दुरी रहेको शंखरापुरबाट प्याराग्लाइडिङ गर्दा गौरीशंकर, गणेश, लाङटाङलगायतका हिमश्रृंखलाका दृश्यहरु देख्न सकिन्छ । काठमाण्डौँ उपत्यकासँगै मेलम्ची र इन्द्रावतिको बग्दै गरेको दृश्यले मन प्रफुल्ल बनाउँछ । त्यस ठाउँबाट प्याराग्लाइडिङ गर्दा देखिने सुन्दर दृश्यहरुमा अब गिरान्चौर एकिकृत बस्ती पनि परेको छ । माथि आकाशबाट हेर्दा निर्माणाधीन गिरान्चौरले जो कोहिको मन तान्ने प्याराग्लाइडिङ पाइलट विजय चौलागाईँ बताउँछन् ।
गिरान्चौरलाई प्याराग्लाइडिङ ल्याण्ड गर्ने ठाउँको रुपमा विकास गर्न गाह्रो भएपनि बस्तीको दृश्यले पर्यटक तान्न मद्धत पुर्याउने अपेक्षा गरिएको छ । पाइलट चौलागाईँ भन्छन्, शंखरापुरबाट देखिने दृश्यहरुमा गिरान्चौर एकिकृत बस्तीले एउटा मनोरम दृश्य थपेको छ ।
![]() |

0 comments:
Post a Comment