var adfly_advert = 'banner';

कृष्णबहादुर महराको चीन भ्रमण सकारात्मक तर मेरो भारत भ्रमण विवादित किन? उपप्रधानमन्त्री निधिको प्रश्न

काठमाडौं, भदौ १८- उपप्रधान बिमलेन्द्र निधि र प्रमुख प्रतिपक्षि एमालेका सांसदबीच संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार डेढ घण्टा चर्काचर्की चल्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निधीमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको भनिएको ‘विवादित पत्र’ सार्वजनिक गर्नेरनगर्ने बिषयमा सभासद्हरु विभाजित देखिए ।

एमाले सांसदहरुले निधिमार्फत् संविधान संसोधन जस्तो संसदको विरुद्ध आन्तरिक बिषयलाई भारतीय नेतृत्वसँग छलफल गरिनु आपत्तिजनक भएको बताए । भारतीय पक्षलाई पत्र लेख्नु सार्वभौम संसदको अपमान भएको एमाले सांसद भीम रावलले बताए ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणलाई सकारात्मक र आफूले गरेको भारत भ्रमणलाई विवादित बनाउन खोजेको भन्दै उपप्रधानमन्त्री निधि एमाले सांसदमाथि खनिएका थिए ।

‘मोदीलाई लेखिएको पत्र संसद र यस समितिसमक्ष उपलब्ध गराउनुपर्छ । अन्यथा मिडियामा सार्वजनिक भएझैँ संबिधान संसोधनको बिषय पत्रमा उल्लेख गरिएको भन्ने आशंका गर्ने ठाउँ रहन्छ’ रावलले भने ।

रावलले बिशेषदूत बनाउन मन्त्री निधीलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्ण बहादुर महरालाई चीन पठाइएता पनि देशका लागि खासै उपलब्धी नभएको बताए ।

‘बिशेष दूतहरु कुनै बिशेष अवस्थामा, दुई देशबीच संकट आइलागेका बेला समस्या समाधान गर्न पठाउने हो । तर अहिले नेपालमा कुनै बिशेष अवस्था छैन। छिमेकसंग संबन्ध सामान्य रहेको अवस्थामा किन बिशेषदूत पठाइयो भन्ने कुराको औचित्य के होरु यसबाट सरकारको अपरिपक्वता झल्केको छ’ रावलले भने ।

रावलको प्रतिवाद गर्दै उत्तेजित मुद्रामा प्रस्तुत भएका गृहमन्त्री निधीले प्रधानमन्त्रीको पत्र लिएर गएको र कुटनीतिक संवेदनशीलताका कारण त्यसलाई संसदमा पेश गर्न या सार्वजनिक गर्न नमिल्ने बताए ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment