var adfly_advert = 'banner';

जन्मिँदै ८० वर्ष जस्तो देखिने यी बालक



असोज। एउटा बालकको जन्मिँदै ८० वर्षको बुढो जस्तो चाउरी परेको हुन्छ भनेर के तपाई पत्याउनु हुन्छ? तर बंगलादेशको एक गाउँमा यस्तै बालकको जन्म भएको छ। जसको उमेर ८० वर्षको बुढो जस्तो चाउरी परेको झै देखिएको छ। उनको नाम बेन्जामिन भुटो राखिएको छ।

बंगलादेशको मगुरा जिल्लामा जिन्मिएको यो बालकलाई प्रोजेरिया नामक रोग लागेको छ। यो रोगले मेडिकल भाषामा अरु ामान्य बालकभन्दा ८ पटक धेरै उमेर देखाउने गरेको बताइएको छ।

परिवारमा खुसियाली

यस्तो बालक जन्मिएपछि विश्‍वजितकी श्रीमति परुल पात्रोले घरमा नयाँ सदस्यको आगमन खुसि भएकी छन। उनको गाउँका सबै मानिसहरु उन्ले जन्‍माएका बालकलाई हेर्न आउने गरेका छन्। उनीहरुले बालकको अवस्था देख्‍नकै लागि अस्पताल र गाउँमा समेत जाने गरेका छन्।

छोरोको आगमनले विश्‍वजितको परिवारमा खुसीको महोत्सव छाएको छ। यसबारेमा उसको हजुरबुवाले भनेका छन्, ‘ हाम्रो परिवार पहिलो पटक नातिको जन्म भएको छ। धेरैपछि छोारले वंश विकास गरेको छ। तर नाति मस्तै देखिन्छ। त्यही पनि म खुसी नै छु।’

यता, विश्‍वजित यो कुरालाई लिएर न त खुसी त छन न त दुखी नै।तर उसको भावभंगीमा भने केही निराशपन भने अवश्य देख्‍न सकिन्छ।

स्वस्थ र उज्वल भविष्यको कल्पना

प्राय यस्तो प्रोजेरिया भएको बिरामी धेरै नबाँच्‍ने बताइन्छ। तर उसको परिवारले भने यसको उज्वल भविष्यको कामना गरिरहेका छन्। बालको भविष्यको कामना गर्दै चाडै वृद्धि विकासको लागि उसका काका अरबिन्दु मण्डलले बताएका छन्।

यस्तै अस्पतालका चिकित्सकले भने आमा र बच्चा दुवै स्वास्थ्य राम्रो रहेको बताएका छन्।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment