var adfly_advert = 'banner';

‘विगतमा गल्ती गर्यौं अब सच्चिन चाहन्छौ’ शीर्षकमा दाहालले मोदीलाई लेखेको पत्र भारतीय समाचार माध्यममा आएपछि.


प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई लेखेको पत्रलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीचको विवाद फेरी चर्किएको छ ।उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधिमार्फत दाहालले पठाएको पत्रमा संविधान संशोधन गर्न भारतीय सहयोग मागेको आरोप एमालेले लगाउँदै आएको छ । यही विषयलाई लिएर यसअघिका बैठकमा समेत दुई दलका नेताबीच पटकपटक आरोप प्रत्यारोप भइसकेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालको राजकीय भ्रमणका लागि पठाएको निमन्त्रणापत्र आफूहरुले सम्बन्धित मुलुकमा हस्तान्तरण गरेको जानकारी दिए । प्रमुख प्रतिपक्ष दलले भनेजस्तो तथा केही सञ्चारमाध्यममा आएजस्तो नेपालको आन्तरिक मामिलासँग जोडिएका कुनै विषयवस्तु पत्रमा उल्लेख नै नरहेको दाबी उनको थियो ।

दुवै छिमेकी मुलुकसँग नेपालको रहिआएको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ तुल्याएर निरन्तर रुपमा अघि बढाउने विषयमा भ्रमणले योगदान पुर्याएको छु, उनले बैठकमा भने, ‘सञ्चारमाध्यममा आएको जस्तो नेपालको आन्तरिक मामिलासँग जोडिएका कुनै विषयवस्तु पत्रमा उल्लेख थिएनन् ।’

सो अवसरमा उपप्रधानमन्त्री निधिले विशेषदूतका रुपमा आफूले गरेको भारतको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुन गई निकट भविष्यमै भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तथा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण हुने सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका थिए।

आइतबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वभौम राष्ट्रको मान्यताविपरित रहेको बताउँदै पत्र सार्वजनिक गर्न माग गरेका थिए । दाहालले पठाएको भनिएको सो पत्रमा नेपालको संविधान संशोधन गर्ने विषयबारे उल्लेख भएको दाबी एमालेको छ ।

‘विगतमा गल्ती गर्यौं अब सच्चिन चाहन्छौ’ शीर्षकमा दाहालको पत्रअंश उदृत गर्दै भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दूस्तान टाइम्सले समाचार लेखेको थियो ।

यसअघि भारतीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री दाहालले मोदीलाई पत्र पठाउँदै माफी मागेको उल्लेख गरेका थिए । ‘विगतमा गल्ती गर्यौं अब सच्चिन चाहन्छौ’ शीर्षकमा दाहालको पत्रअंश उदृत गर्दै भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दूस्तान टाइम्सले समाचार लेखेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment