var adfly_advert = 'banner';

धादिङ बस दुर्घटनामा सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका यात्रु परेको खुलासा



धादिङ, ११ असोज– मंगलबार धादिङमा भएको बस दुर्घटनामा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।





धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै दुर्घटना हुँदा हालसम्म १५ जनाको मृत्यु भएको खबर छ।





बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १५ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए ।





पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । रासस
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment