var adfly_advert = 'banner';

सरकार एकलौटी ढङ्गले अघि बढ्न खोज्योः मोर्चा :: पुरा पढ्नुहोस् >>







काठमाडौँ, १० असोज - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको हवाला दिएर सरकार एकलौटी ढङ्गले अघि बढ्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

बिजुली बजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधनबारे सरकारले आफूसँग छफफल नै नगरी एकलौटी ढङ्गले अघि बढेको जनाएको छ ।

संविधान संशोधनलगायत आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी निर्णायक छलफल गर्ने मोर्चाको एक घटक राष्ट्रिय समाजवादी पार्टी महासचिव केशव झाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सहमतिअनुसार आन्दोलनमा लगाइएको मुद्दा फिर्ताको कामप्रति प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आइतबार तीन दलबीच भएको निर्णयप्रति विमति जनाउँदै मोर्चाले स्थानीय निकायको पुनःसंरचना स्थानीय प्रदेशका आधारमा हुनुपर्ने माग गरेको छ । रासस

- See more at: http://dcnepal.com/news/news.php?nid=237154#sthash.3DaPXvy6.dpuf
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment