![]() |
असोज । भारतस्थित एक गाउँमा विवाह गरेको एक सातामै बेहुलीले बच्चा जन्माएकी छिन् । विवाह गरेको एक सातामै बेहुलीले छोरालाई जन्म दिएपछि बेहुलाका र बेहुलाका परिवार तनावमा परेका छन् ।
छोरा जन्माएपछि बेहुलीलाई बेहुला पक्षले घटनाको बारेमा केरकार गरेपछि उनले गाउँका एक व्यक्तिले जर्बजस्ती सम्बन्ध राख्ने गरेको बताइँन् ।
छोरा जन्माएपछि बेहुलीले आरोपीमाथि मुद्दा दर्ता गराएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बेहुलीको उजुरी पश्चात प्रहरीले बच्चाको वास्तविक बुवालाई पत्ता लगाउनका लागि आरोपी व्यक्ति र ती महिलाको डीएनए टेस्ट गर्ने निर्णय गरेको छ ।
मारिदिने धम्की देखाएर काशीराम भन्ने व्यक्तिले उनीमाथि यौन शोषण गरेको बेहुलीले प्रहरीले बताएकी छिन्
![]() |

0 comments:
Post a Comment