![]() |
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले विदेशी कामदारहरुलाई अर्को उपहार दिएको छ ।
मन्त्रीपरिषदको आजको बसेको बैठकले विदेशमा रहेका नेपालीहरुले भिसा नवीकरण गर्दा दूतावासमा तिर्नुपर्ने शूल्क घटाउने निर्णय गरेको हो ।
आज भएको निर्णय अनुसार, अबदेखि भिसा सकिएको अवस्थामा नवीकरणका लागि दूतावासमा जम्मा ५० डलर बुझाए पुग्ने छ । यसअघि श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै आएका कामदारले भिसा नवीकरण गर्नुपर्ने अवस्थामा दूतावासलाई ८० अमेरिकी डलर तिर्नुपर्ने अवस्था थियो ।
मन्त्रीपरिषदको बैठकले सबै सम्भावनाहरुको अध्ययन गरेर भिसा नवीकरण शुल्कमा ३० डलर मिनाहाँ हुने निर्णय गरेको हो ।
यो निर्णयबाट विदेशमा रहेका लाखौं नेपालीहरु लाभान्वित हुने सरकारले बताएको छ
![]() |

0 comments:
Post a Comment