var adfly_advert = 'banner';

ओली 'बा'धेरै टुक्का सुनाउनु पर्दैन ! 'नेताहरु सबै सिनु खाएर अघाएका जन्तु जस्तै हुन् '


हुन त वास्तवमा म कुनै दलको नेता कार्यकर्ता हैन् । सत्य आज सम्म मैले कुनै नेतालाइ भोट हालेको छैन् अनि नारा लगाएर सोहि पार्टिको भरौटे भएर हिडेको पनि छैन् ।

तर, यहाँ कुरा गर्न मन लाग्यो एमाले अध्यक्ष केपि ओलीको । ओलीले बेतुकको कुरा गर्ने भएकाले उनको बोलीले धेरैलाई चोट पुर्याउछ ।

उनले गत बर्ष भारतीय नाकाबन्दीले पिंडा भोगेका जनतालाई नै जिस्क्याउने खालका अभिब्यक्ती देखि लिएर सिलिण्डर मुक्त देश बनाइन्छ, घर घरमा पाइपबाटै ग्यास वितरण गरिन्छ भन्ने अभिब्यक्ती दिएर सबैको हाँस्यपात्र बन्न पुगेका थिए ।

विश्वमै जलस्रोतको दोस्रो धनी देश नेपालले पानीको समेत सदुपयोग गर्न नसकिरहेको बेला लोडसेडिङ्को विकल्पस्वरुप हावाबाट विजुली निकाल्ने अभिब्यक्तीलाई सबैले हावामै उडाए ।

आधा सिलिण्डर ग्यास नपाएर छट्पटाइरहेका नागरिकलाई पाइपबाटै ग्यास पुराइन्छ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तीलाई लिएर सामाजिक सञ्जालहरुमा ‘जोक्स’ प्रधानमन्त्री भनेर धज्जी उडाइयो । यतिसम्म की उनले हावामा बिजुलि निकाल्ने देखि लिएर घरघरमा ग्यासको पाइपले धेरै चर्चा पायो ।

यीनै ओलीले फेरी पनि हसाउने र घोच्ने कुरालाइ लिएर चर्चा बटुल्न पुगेका छन् । ओली फेरी हास्ने र हसाउने क्रमलाइ निरन्तरता दिन थालेका छन् ।

हिजो मात्रै कांग्रेसलाई अघाएको बाघसँग तुलना गरेका ओलीले २४ घण्टा नपुग्दै काँग्रेसलाई फेरी दानापानि खान अघाएको भैसीको संज्ञा दिएका छन् ।

उनले संसदको सबैभन्दा ठुलो पार्टी कांग्रेस निदाएको छ कि ? ब्युझेको हो ? थाहा नभएको बताए । कांग्रेसको नीति छ कि छैन ? पत्तो नपाएको बताए, कसो हुनुपर्छ ? के हुनुपर्छ ? थाहा छैन कांग्रेसलाई । मस्ति बाघ सुतेको झै सुतेको छ भन्दै बाघले शिकार भेटायो खायो भने खान्छ र लमतन्न खुट्टा पसार्छ ।

कांग्रेसले के शिकार गर्यो कुन्नी ? खुट्टा पसारेर सुतेको छ , भन्दै असान्दर्भिक अभिब्यक्ति दिएका थिए । यो भनाइलार्इ लिएर यीनै ओलीको फेरी पनि सामाजिक संञ्जालमा भाइरल बनेको छ ।

उखान टुक्का गर्न निकै खप्पिस ओली अरुलाई छड्को हान्न र छड्के जवाफ दिन माहिर भएरै होला सायद यस्तो अभिब्यक्ति दिएको ।

यस्तै ओलीले आज काँग्रेस कँुडो खाएर अघाएको भैंसी भन्दै काँग्रेसको आलोचना गर्न पुगे । ओलीले सबैभन्दा देशको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसलाई कँुडो खाएर अघाएको भैंसीको संज्ञा दिएपछि उनको चौतर्फि आलोचना भएको छ ।

ओलीले मुलुकमा केही भएकै छैन जसरी चुपचाप वस्नले काँग्रेस पार्टी कँुडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको बताएका हुन् ।

अहिले कालिदासको नाटकमा शकुन्तला बेहोसी बने जस्तै देखिएको भन्दै उनले दाहालको भारत भ्रमण, संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा कुनै टिप्पणी नगर्न आश्चर्यको विषय भएको समेत बताए ।

तर जे जस्तो भएपनि राज्यको उच्च ओहोदामा पुगेका ओलीले यस्ता अराजक मच्चाउने अभिब्यक्ति दिनु कतिको सान्दर्भिक होला ?

त्यसैले ओली बाँ धेरै टुक्का सुनाउनु पर्दैन नेपालको भूमिपुत्र आदिबासी जानाजाती ,मधेसी , थारु बिपन्न बर्गले जात जातिले बुझिसके ओली बाजेको नक्शलबादी चिन्तन, मै पुराउनु ठुलो छक्का दाउमा चेखें थापेर रुंगी बस्नु हुन्छौ भनेर ?

मेरो बीचारमा नेताहरु फुल भुंडी अघाएर उबारेको बासी भात सोरेर खानेहरु हुन् ?
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment