var adfly_advert = 'banner';

हातमा पासपोर्ट नहुदा १४ बर्ष देखि घर फर्कन नसकेर साउदीको सडकमा रुँदै हिडीरहेका छन् जित बहादुर दमाई



गरिबीका कारण केहि पैसा कमाउने आशामा १४ बर्ष अगाडी २०६२ सालमा साउदी पुगेका भाचोक ९७ मकैखोला, पोखरा कास्कीका जित बहादुर दमाई अहिले सम्म नेपाल फर्कने आशामा साउदीको बिरानो ठाउमा नै आफ्नो दुखि जीवन कटाउन विवस छन्।



आफ्नो हातमा मोबाइल समेत नभएका जितबहदुरले साथीको मोबाइलबाट भने, म यतै सड्ने भए हजुर मलाई उद्दार गर्न खबर नेपाल सरकार सम्म पुर्याईदिनु पार्‍यो । आफुमाथी कुनै केश नभएको तर हातमा आफ्नो पासपोर्ट नहुँदा म परिवारको मुख देख्न नपाई मर्ने भए उनी झन भक्कानिएर रुन थाले । अनपढ जीतबहादुर नेपाली झदबककथ ले समेत राम्रोसंग पहल नगर्देको बताउछन।



वष्त ज्ञआफु नेपाल फर्केर आफ्नो परिवार संग भेट हुने आशा मारेर बसेका जित बहादुर अहिलेका प्रधानमन्त्री प्रचण्डले साउदी लगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्ने वातावरण मिलाउन दिएको निर्देशनको खबर सुनेपछि केहि आशा पलाएकोले फेसबुकबाट हामीलाई समाचार लेखिदिन आग्रह गर्नु भएको हुदा जित बहादुरको उद्धार गर्न पहल गरियोस् भनि यो समाचार तयार पारिएको छ।



बिगत ७ बर्ष देखि घर परिवार संग पनि सम्पर्क बिहिन भएका जित बहादुर साउदीको रफा भन्ने ठाउमा रहेको हामीलाई जानकारी दिएका छन्। जित बहादुरले हामी संग भने, म नेपाली दुतावास पनि गएको थिए एउटा कागज बनाएर दिएको थियो तर मलाई साहुले पासपोर्ट नदिएकोले नेपाल जान सकिन। लामो समय देखि साउदीमा रहेका जित बहादुर काठमाडौं पुगेपछि आफ्नो घर पुग्न पनि अरुको सहयोग लिनु पर्ने बताउछन्। सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मेरो अवस्थाको बारेमा नेपाल सरकार सम्म पुर्याइदिएर मेरो उद्धार गर्न पहल गरिदिन विनम्र आग्रह गर्नु भएको छ।



नेपाली दुतावासले दिएको पत्र :

नाम : जित बहादुर दमाई
स्थाई ठेगाना स् भाचोक ९७ मकैखोला, पोखरा कास्की, नेपाल
हालको ठेगाना स् रफा, साउदी सम्पर्क नम्बर : ९६६५३५७८३४०८
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment