var adfly_advert = 'banner';

नेपाली कांग्रेस कुँडो खाएर अघाएको भैंसी जस्तै भएको एमाले अध्यक्ष ओलीको आरोप



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई कुँडो खाएर अघाएको भैंसी जस्तै भएको टिप्पणी गरेका छन् ।



नेकपा एमालेको ३ नम्बर प्रदेश कमिटीले आयोजना गरेको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो कटाक्ष गरेका हुन् ।



उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ’मुलुकमा केही भएकै छैन जसरी नेपाली कांग्रेस चुपचाप वस्नुले काँग्रेस पार्टी कुँडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको’ आरोप लगाए ।



माओवादीले सरकारमा बसेर मनपरी गर्दा पनि नेपाली कांग्रेस मौन बसेको ओलीले आरोप लगाएका छन् ।



प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, संविधान संशोधन र संविधान कार्यान्वयन लगायतका विषयमा नेपाली कांग्रेसले कुनै टिप्प्णी नगर्नु आश्चर्यको विषय भएको ओलीले बताएका छन् ।

-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment