var adfly_advert = 'banner';

मेरो स्तनको मुल्य कति हो ? गायिका ज्योती मगर


मिति त मलाई अहिले ठ्याक्कै थाहा भएन । एकदिन नेपाल टेलिभिजनबाट मलाई फोन आयो । तीज भन्दा केही दिनअघिको कुरा हो । त्यहाँबाट विहान प्रशारण हुने ‘टी टाइम’ कार्यक्रममा अन्तर्वाताका लागि आउन आग्रह गरियो । समय मिलेपछि त्यहाँ गएँ ।


त्यो कार्यक्रममको संचालिका शोभा त्रिपाठी हो उहाँ मेरो असल साथी पनि । मेरो पछिल्लो एल्वम ‘पिरतीमा दम छ’ हो । यसको प्रोमो नेपाल टेलिभिजनबाट बजिरहेको छ । त्यो दिन ५ जनाजति महिला कलाकारहरुको अन्तर्वाता रहेछ । म अलि ढिला पुगेकि थिएँ । तीजको बेला भएकोले तीज बिशेष गर्न खोजिएको रहेछ । ती सवै अन्तर्वाताहरु तीजको सेरोफेरोमा बजाउनु पर्ने थियो । कति तीज भन्दा अघि र कति तीज भन्दा पछि प्रशासरण गर्ने भनिएको थियो । तीजको लागि अन्तर्वाता लिने भएपछि म गुन्यौ चोली लगाएर गएकी थिएँ । मेले लगाउने सवै डे«सहरु ग्ल्यामरस झल्किने नै हुन्छन् मलाई मन पर्छ र त्यस्तै लगाउछु । तर नेपाल टेलिभिजनको कार्यक्रम भएकोले मैले ग्राउन या मिनिस्कट नलगाई गुन्यौ चोली लगाएर गएकी थिएँ ।



मेरो कलाकारीताको क्षेत्र लोकदोहोरी हो । कतिपय बेला गितहरु म फ्युजन पनि गर्दछु । तीजको बेला, म लोकदोहोरी गायीका छुट्टै भएर जान्छु भनेर त्यो डे«स लगाएकी थिएँ । गून्यु चोली पटुकी मेरो पहिरन थियो । चोली चाँहि क्लीविज देखिने ओपन थियो । धेरै पनि होइन थोरै । जसरी गाउँमा लगाइन्छ त्यही प्रकारको थियो । त्यो उहाँहरुले अहिले भने जस्तो ग्ल्यामर थिएन । हामीले कुरा सुरु गरयौ, मेरो नयाँ पुरानो सवै गितहरुका बारेमा कुरा गरयौ, कुरा गर्दा त्यस्तो भल्गर पनि थिएन । ठिकै कुरा गरेका थियौ । एक दुुई दिनमा प्रशारण हुन्छ भनेका थिए । ड्रेसले अन्तरवार्ता रोकिनु पर्ने कुनै कारण थिएन । कहिले आउँछ फोन गरेर सोध्नु पर्ला जस्तो लागेको थियो । त्यतिकैमा एकसातापछि रामचन्द्र काफ्लेले फोन गर्नु भयो । अन्तर्वाता दिँदा चोलीबाट स्तन देखियो भनेर प्रशारण रोकिएछ के हो भन्नुभयो । त्यो मिडियामा समाचार आएपछि मैले थाहा पाएँ । यदि त्यसो थियो भने पहिले नै अन्तर्वाता लिनु हुदैन्थ्यो । लिइसकेपछि धेरै ग्ल्यामर भएका कारण प्रशारण रोक्यौ भनेर मलाई जानकारी नदिई बाहिर भन्नु हुदैनथ्यो । म निराष पनि भएँ । कार्यक्रम इन्द्र जीसी दाईको हो । उहाँलाई फोन गरे उठाउनु भएन । पछि साथीहरु मार्फत बुझन लगाएँ । कार्यक्रम अलि ग्ल्यामर झल्किने भएका कारण प्रशारण गर्न सकेनौ भनेर जवाफ आयो । गुन्यौ चोलीमा कसरी गल्यामर भयो त्यो मैले थाहा पाउन सकिन ? चोली फराकिलो भएकाले क्लीविज देखिएको हो ।

नेपाल टेलिभिजनमा प्राय धेरै गीत, संगित र चलचित्रका प्रोमोहरु बजिरहेका हुन्छन् । दुई बर्षअघि होला एटिएम चलचित्रको प्रोमो पनि प्रशारण भएको थियो । त्यो प्रोमोमा केटा तल र केटी माथी हुन्छन् तर केटाका हात उसका स्तनमा थिए । त्यो प्रसारण गर्न नेपाल टेलिभिजनलाई कुनै संकोच भएन । अर्को चप्पली हाइट चलचित्रको प्रामोको एउटा डाइलग थियो ‘के तिमिले अहिलेसम्म गरेका छैनौ’ यसबाट के बुभिन्छ रु अन्तमा त्यो डाइलगको अर्थ सेक्ससँग जोडिन्छ । मैले यहाँ बुझन नसकेको कुरा के हो भने सामान्य क्लीवेज देखिएकोलाई ग्ल्यामर भयो भनेर रोक्ने तर त्यस्ता प्रोमोहरु नेपाल टेलिभिजनबाट कसरी बजे रु कि पैसा तिरे जे पनि बजाउन पाइने हो रु यदि त्यो हो भने म टेलिभिजनलाई सोध्न चाहन्छु ‘मेरा स्तनको मुल्य कति हो ?’ त्यसपछि फेरी पनि टी टाइमका लागि रिसुट गरयौ भन्नुभएको थियो । मैले जतिबेला मन लाग्यो त्यो बेला रिसुट गर्ने, जतिबेला मन लाग्यो त्यो बेला प्रशारण गर्ने, मन नलागे रोक्ने कुरा प्रति चित्त दुख्यो । जतिबेला मेरो अन्र्तवाता लिइदै थियो त्यो बेला सवैले त्यो ड्रेस देखेका थिए । सवैले हुन्छ ठिक छ पनि भनेका थिए । पछि त्यहाँ कार्यरत एक महिलाले रोक्नु भएको भन्ने कुरा मैले थाहा पाएँ । ग्ल्यामर तिग्रा देखाएर मात्र हुदैन । मानिसको हेराई र वोलाईबाट पनि ग्ल्यामर हुन्छ । त्यही भएर हाम्रो कानुनले पनि आशय करणीको महल राखेको होला । क्लीविज चोली लगाउँदा ग्ल्यामर हुने आँखा जे पायौ त्यही गर्न पाइन्छ र ?
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment