var adfly_advert = 'banner';

मदिराले मातेपछि आमालाई पनि छाडेन पापी छोराले



राजु शिवा, इलाम, असोज ६ गते । आमालाई भगवानको दोस्रो रुप मानिन्छ । संसार देखाउने आमा सबैका लागि पूजनीय हुन्छन् भने छोराछोरी आमाका लागि सबैभन्दा प्रिय ।अझ मृत्यु सँस्कारका लागि एउटा भए पनि छोरा चाहिन्छ भन्ने पूरानो नेपाली मान्यता छ । तर, सबै आमाहरुले सोचें जस्तै छोरा छोरा नहुन सक्छन् । यस्तै कुपुत्रको शिकार बन्नु भएको छ इलामकी एक वृद्ध आमा ।




इलामकी एक ६८ वर्षीया आमा मर्दाखेरी किरिया गर्ने आफ्नै छोराबाट बलात्कृत हुनु भएको छ । आफ्नै आमालाई बलात्कार गरेको आरोपमा इलाम प्रहरीले एक ४८ वर्षीय बादल (परिवर्तित नाम) भनिने व्यक्तिलाई पक्राउ गरेको छ ।
मंगलबार ती आमाले प्रहरीमा दिएको उजुरीको आधारमा ४८ वर्षीय छोरालाई पक्राउ गरिएको हो । प्रहरीमा दिइएको आमाको उजुरीमा गत असोज २ गते आफूलाई छोराले बलात्कार गरेको उल्लेख छ ।
पक्राउ गरिएका व्यक्तिले मदिरा खाएको बेला आफूले के गरें भन्ने थाहा नभएको प्रारम्भिक बयान दिएको प्रहरीको भनाइ छ । उनीविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ ।
यसैबीच दुई बालिकालाई बलात्कार गरेकोे आरोपमा प्रहरीले साँखेजुङ्ग–४ का प्रजापति भनिने ५५ वर्षीय प्रेमप्रसाद लुईंटेललाई बुधबार पक्राउ गरेको छ । नौं र चार वर्षीया दुई बालिकालाई असोज १ गते बलात्कार गरेको भन्दै लुईंटेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मंगलबार उजुरी परेको थियो । गिरफ्तार गरिएका लुईंटेलविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पीडित बालिकाहरु दिदी–बहिनी रहेको र उहाँीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment