var adfly_advert = 'banner';

भारतीय नाकाबन्दीको वार्षिकीमा सरकारका प्रवक्ता भन्छन्– उत्तरतिर बाटो खोल्नु हुँदैन



काठमाडौं, ५ असोज– भारतीय नाकाबन्दीको वर्षगाँठ पुगेकै दिन सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले चीनसँग सडक सञ्जाल विस्तार गर्न नहुने वताएका छन् । गतसाल आजकै दिनदेखि भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला उत्तरी चीनसँग पनि पारवहन सम्झौता गरी सडक सञ्जाल नबनेका कारण भारतले बेलाबेला नाकाबन्दी लगाइरहेको जनआवाज आएको थियो ।


नेपालको परराष्ट्र नीति भारतले भने अनुरुप सञ्चालन गर्ने र नेपालको आन्तरिक मामिलामा भारतलाई पनि साझेदार बनाउने आशयको विज्ञप्तिमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीमा सही गरी फर्केको पर्सीपल्ट सरकारका प्रवक्ता कार्कीले चीनसँग सडक सञ्जाल जोड्न नहुने तर्क अघि सारेका हुन् । पूर्ववर्ती ओली सरकारले चीनसँग पारवहन सम्झौता गरी नेपाल र चीनलाई सडक र रेल सञ्जालले जोड्ने तयारी अघि बढाएका थिए । यसले भारतले नाकाबन्दी लगाए पनि नेपालले अन्तराष्ट्रिय ब्यापारका लागि मार्ग पाउने भन्दै नेपालमा खुसीयाली छाएको थियो भने नेपाल आफ्नो प्रभावबाट फुत्केको भन्दै भारतमा विरोध भएको थियो ।


ओली सरकार हटाएर गठन गरिएको दाहाल नेतृत्वको सरकारले अन्तराष्ट्रिय मुद्दामा भारतकै धारणा अनुरुप चल्ने सम्झौता गरेको पर्सीपल्ट सरकारका प्रवक्ता कार्कीले भारतकै मान्यता अनुरुप चीनसँग जोड्ने सडक र रेल सञ्जाल जोड्न नहुने वताएका हुन् । ‘हिमाल छेडेर रेल ल्याउने र हिमाली क्षेत्रमा सडक सञ्जाल विस्तार गर्ने भन्दै डाँडा डाँडामा स्काभेटर कुदेको देखिन्छ’ कार्कीले भने, ‘यो राम्रो होइन ।’


पूर्व मुख्य सचिव लीलामणि पौडेलले भने कार्कीको भनाईको प्रतिवाद गरेका थिए । चीनसँग तेल र रेलकै लागि सम्बन्धमा जोड दिनु पर्ने भन्दै उनले त्यसले नेपालको विकासको बाटो खोल्ने वताए । नेपालको जलस्रोत र एकात्मक ब्यपारमा भारतले चासो राखेको भन्दै उनले त्यसबाट उम्किएर आफ्नो विकासका लागि चीनसँग पनि सम्बन्ध राख्नु पर्ने वताए । पौडेल चीनका लागि राजदूत प्रस्तावित छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment