var adfly_advert = 'banner';

ढुकुटीको कारोबारले डुबायो




धनगढी, ५ असोज । तपाईं ‘ढुकुटी‘ खेलेर नगदको कारोबार गरिरहेएको छ भने सावधान रहनु होला । किनकी गैर कानुनी मानिने ‘ढुकुटी‘ खेलेकै कारण यहाँका कैयौँ व्यापारी र सर्वसाधारण यति बेला ठगिएर बिचल्लीमा परेका छन् ।

ढुकुटी खेलाएबापत सङ्कलन भएको करोडौँ रुपैयाँ लिएर सञ्चालक बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण ठगिने गरेका हुन् । एउटा समूह खडा गरी त्यसमा आवद्ध सदस्यले ढुकुटीबापत महिनैपिच्छे जम्मा गरेपछि सङ्कलित रकम महिनामा एक पटक समूहका सदस्यलाई पालैपालो भुक्तानी गरिन्छ । ढुकुटी खेल्नु गैर कानुनी भएकाले ठगिएका पीडितले आफ्नो नाम सार्वजनिक गर्न मान्दैनन् । धनगढीको ट्राफिक चौराहा क्षेत्रका सर्वसाधारण र व्यापारीको ढुकुटीबापत सङ्कलन भएको करोडौँ रकम कुम्ल्याएर केही महिनाअघि फरार भएको एक व्यक्तिलाई हालै प्रहरीले पक्राउ गरेको छ । सुदूपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको प्रहरी टोलीले ढुकुटी खेलाएर सङ्कलन भएको रकमसहित फरार रहेको कनकाई स्टोर धनगढीका लोकराज भट्टराईलाई नुवाकोटबाट पक्राउ गरेर सोमबार राति धनगढी ल्याइएको छ । उनीमाथि ठगी मुद्दा चलाउने तयारी गरिएकोमा प्रमाण नपुगेपछि सार्वजनिक अपराधमा मुद्दा चलाइएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिए । गैर कानुनी रुपमा ढुकुटी खेलाएर सङ्कलन भएको रकम लिएर अन्य व्यक्तिसमेत फरार छन् । बढी ब्याज पाइने लोभमा यहाँका सर्वसाधारणले ठगिनु परेको छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment