![]() |
भारतीय प्रधानमन्त्रीलाई पठाइएको पत्रले नेपालको राजनीतिलाई थप गर्माउदै लगेको छ । प्रतिपक्षी दलहरु पत्र सार्वजनिक गर्नै पर्ने अडानमा रहदा सत्तारुढ दलहरुले पत्र सार्वजनिक गर्दा कुटनीतिक मर्यादा भङ्ग हुने जिकिर गर्दै आएका छन् । दलहरुबीचको यही विवादले पत्रमा उल्लेखित विषय झनै रहस्यमय बन्दै गर्दा यही पत्र विवादले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई शंकाको दायरामा जोड्ने निश्चित भएको छ ।
व्यवस्थापिका संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्रकुमार मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको पत्रको विषयलाई लिएर सांसदहरुले निरन्तर ध्यानाकर्षण गराउदै आएका छन् । यही विषयले शुक्रबार व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पनि चर्चा मात्र पाएन चर्काचर्कीकै रुप लियो । एमाले उपाध्यक्ष एवं सांसद भीम रावलले विशेष दूत पठाउनु पर्ने गरी नेपाल र भारतबीच सम्बन्ध नबिग्रिएको जिकिर गर्दै संविधानको विषयमा छिमेकी देशसंग राय माग्नु गलत भएकोले भारतीय प्रधानमन्त्रीलाई बुझाएको पत्र सार्वजनिक गर्नुपर्ने अडान दोहो¥याउनु भएको थियो ।
![]() |

0 comments:
Post a Comment