var adfly_advert = 'banner';

खुसीको खबर ! जीवनको भिसा लाग्यो > अब जोयालाई लिन फिलिपिन्स जाने

काठमाडौं, भदौ १८ – टेलिभिजनमा आउने हाँस्यव्यङ्ग्य कार्यक्रमले पहिले निकै बजार लिए । दर्शकले कार्यक्रम रुचाउन थालेपछि कलाकारको पनि हौसला बढ्यो । 
टेलिभिजनमा हाँस्यव्यङ्ग्य कार्यक्रम पनि बढ्न थाले । तर अहिले हाँस्य टेलिश्रृंखलामा दर्शकको रुची घट्न थालेको छ । कतिपय कार्यक्रम बन्द भैसके । केही कार्यक्रम चाहिँ घिटीघिटी भएपनि चलिरहेका छन् ।
नेताहरुले नै हँसाउन थालेकाले आफ्नो कार्यक्रम नचलेको भन्दै कलाकारहरुले व्यङ्ग्य पनि गर्ने गरेका छन् । यसपटक प्रज्ञा भवनमा गाईजात्रा कार्यक्रम देखाउँदा कलाकारहरुले अब आफूहरुले हाँस्यव्यङ्ग्य कार्यक्रम गर्न नसक्ने भएकाले नेताहरुलाई अघि सर्न आग्रह गरे । चर्चित युवा  हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलले कुन नेतालाई कुन कार्यक्रम सुहाउँछ भनेर समेत व्यंग्य प्रहार गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको नेतालाई मिल्ने हाँस्यव्यङ्ग्य कार्यक्रम र त्यसको शीर्ष गीत यस्तो छ :

मोहन बैद्य, तीतो सत्य :

हाने मर्छ बोले टर्छ आँ गरे पोल्छ
आफ्नो समेत पोल खोल्छ, तीतो सत्य बोल्छ
फर्केर गए बादलको टेन्सन
फुटाएर जाने विप्लवको अब्जेक्सन
नयाँ शक्तिका डाक्टरको र्याकिङ
करिअरमा प्रचण्डको ह्याकिङ
कार्यकर्ता सबैले छोडे, म त भएँ दिक्क
बुढेसकालमा पनि कस्तो मरिहत्ते 
सत्य तीतोे सत्य

रामचन्द्र पौडेल, झ्याँकुटी झ्यार्इं ः

दोहिरिन्छ सबै कुरा किन पहिले झैं
२१ चोटी हार्नुपर्ने किन मैले नै
राजनीतिले पार्यो मलाई पसिनै पसिना
गगन र सिटौलाले पारे असिना
शेरबहादुरले पारे मलाई झ्याँकुटी झ्याईं

केपी ओली, ब्रेकफेलमा ः

ढलेको सरकार फिर्ती सवार
बालकोट निवासमा हाहाकर
अस्तिसम्म चोक्टाँ आएँ, अब त झोल
माधव नेपालले नै खोलिदए पोल

प्रचण्ड, मेरी बास्सै ः

छोरो सुध्रन्छ भन्ने मरिसक्यो आसै
जे गरेनि सुख छैन ए मेरी बास्सै

नेत्रविक्रम चन्द, हर्के हवल्दार :

जसले जे जे भने पनि हुन्न मात्रै भन्छ
एम्बुलेन्स र स्कूल बस सबलाई ढुंगा हान्छ
उल्टो उल्टो कुरा गर्छ, गर्छ बन्द
आयो विप्लव चन्द
यस्तै कलाकार पोखरेलले बाबुराम भट्टराईलाई डिट्ठासाब, शेरबहादुर देउवालाई भद्रगोल र मधेसी नेताहरुलाई जिरे खुर्सानीमा खेल्न व्यङ्ग्यात्मक आग्रह गर्नुभएको छ । 
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment