var adfly_advert = 'banner';

जहाँ पोल्ट्री फार्म जस्तै महिलाबाट बच्चा जन्माएर बेचिन्छ



नाइजेरियामा एउटा यस्तो स्थान छ जहाँ कुखुराको पोल्ट्री फार्मजस्तै कलिलो उमेरकी किशोरीबाट गर्भधारणबाट बच्चा जन्माएर बेच्‍ने गरिन्छ।

नाइजेरियामा गरिएको यो घृणित कार्यलाई बेबी फार्मिङ भन्‍ने गरिन्छ। यहाँ सबैभन्दा खतरनाक कुरा के छ भने महिलाहरुलाई बन्दुकको छायामा राखिने गरिन्छ।

बेबी फार्मिङ नाइजेरियामा लुकीछिपि गरेर अस्पताल र अनाथलयमा गर्ने गरिन्छ। जहाँ कम उमेरका महिलालाई बच्चा जन्माउनेको लागि तयार गरिन्छ। बच्चा जन्माउने ती सबै महिला कि त अनाथ हुन्छिन् की त गरिब घरपरिवारको हुन्छिन्।

जो बाध्यताले यो अवैधानिक काम गर्न बाध्य भइरहेकी हुन्छिन्। जसले उक्त कार्य गर्न नमाने बन्दुक देखाएर गर्भवती बनाउने गरिन्छ।
उनीहरु चाहेर पनि गर्भपन गर्न पाउँदैन् कीनकी नाइजेरियामा गर्भपन गराउनु गैरकानूनी अपराध मानिन्छ।

यही कुरालाई फाइदा उठाउँदै बेबी फार्मर्सले उठाउँदै आएका छन्। उनीहरुले यो सबै काम कुनै मेडिकल संस्था तथा समाजसेवी संस्थाको आडमा लाचार महिलालाई गर्न बाध्य गराउने गर्दछन्।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment