वैवाहिक सुखकालागि सबैभन्दा महत्वपूर्ण चाडका रुपमा तिज हिन्दू महिलाहरुको प्रमुख चाड हो । यो चाडले पति पत्नी विचमा यो जुनीकालागि मात्र नभई अाउँदा जुनी जुनीसम्मसगैं हुनपाउँ भनेर ब्रत लिइने गरिन्छ । आत्मा र शरीर शुद्धि लगायत श्रीमान अनि छोराछोरीको सु-स्वास्थ्य, प्रगती अनि दीर्घायूकालागी शताब्दीयौं देखि हिन्दू महिलाहरुले तिजको व्रत बस्दै आएका छन् । आमा, छोरी, वुहारी, सासु, आमाजु, दिदी, वहिनी लगायत सम्पूर्ण महिला नातागोताहरु को साझा चौतारीका रुपमा तिजलाई लिन सकिन्छ हिन्दू सनातन परम्परा र संस्कार तथा महिला साैभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादि पहिरिएर तिजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेलाभई नाचगान गर्दै रमाइलो गर्ने चलन रहि अाएको छ ।
सबै मिली बनाइएको विभिन्न मिठा पकवानहरु राती अबेरगरी खाएर भोलिपल्ट बसिने निराहार व्रतकालागि व्रतका क्रममा भोक नलागोस अनि कमजोरी नहोस भनेर आज दर खाने र आफूलाई तिज जस्तो कठोर ब्रतकालागि तयार गर्ने एउटा प्रक्रिया हो दर । तिज पर्वको पूर्व संध्यामा अायाेजना गरिने यो विशेष खानपिनको अवसर विशेषतः बिहे भइसकेका चेलीबेटीकालागि अझ महत्वपूर्ण हुन्छ, माइतीघरदेखि टाढा पुगेका चेलीबेटी माइतीघरमा जम्मा भई बाबुआमा, दाजुभाइ, दिदी बहिनीसंगै बसेर दर खाने गर्दछन् ।
About
butwaladvertisement
0 comments:
Post a Comment