![]() |
नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले नेपाली कांग्रेस लगायतका नेपालका दलहरुभित्र फस्टाउँदै गएको प्रवृति विरुद्ध कडा प्रहार गरेका छन् ।
नेपाली कांग्रेस निकट प्रजातान्त्रिक सम्वद्र्धन केन्द्रले शनिबार यहाँ आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तक्र्रियामा बोल्दै उनले ती प्रवृत्ति विरुद्ध कडा ढंगले टिप्पणी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस र उनका नेताहरुतर्फ संकेत गरेरै उनले चुनावमा पैसा दिएर भोट किन्ने प्रवृत्ति वा जाँडरक्सी खुवाउने प्रवृत्तिले प्रजातान्त्रिक समाजवादको रक्षा हुन नसक्ने बताए ।
कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘प्रजातान्त्रिक समाजवादको रक्षा गर्ने हो भने राजनीतिक दलबीच एकता हुनु आवश्यक छ ।’
नेता भुषालले संविधान कार्यान्वयन भएर देशलाई विकासको बाटोमा अगाडि बढाए मात्र प्रजातान्त्रिक समाजवादको रक्षा हुने स्पष्ट पारे ।
कांग्रेस लगायत नेपालका राजनीतिक दलहरुलाई पछिल्लो समय प्रजातान्त्रिक अभ्यासको नाममा गरिने निर्वाचनका बेला पैसा र जाँडरक्सीको प्रलोभनमा पारेर जनमत तान्दै आएको आरोप लाग्ने गरेको छ ।
यद्यपि, यो प्रवृतिबाट एमाले र माओवादी लगायतका दलहरु पनि अछूतो देखिदैनन् । कार्यक्रममा कांग्रेसका नेताहरु रामशरण महत लगायतका दलका थुप्रै नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।
भुसालले यो टिप्पणी गर्दा उनीहरु अलमलमा परेजस्ता देखिन्थे ।
![]() |

0 comments:
Post a Comment