var adfly_advert = 'banner';

सुनसरीमा धान खेतबाट उम्रिन थाल्यो पेट्रोल (भिडियोसहित)



इनरुवा । भारतले लगाएको अघोषित नाकाबन्दी पछि उत्पन्न पेट्रोलियम पदार्थको संकट भोगेका नेपाली जनताको आशा जगाउने गरी सुनसरीमा सम्भावित पेट्रोलियम पदार्थको मुल फेला परेको छ ।
सुनसरी नरसिंह ३ स्थित एक धान खेतमा जमिन मुनीबाट ठुलो भुल्काका साथ पानी माथी तैरिने गरि पेट्रोलियम पदार्थ जस्तै तरल पदार्थ निस्किरहेको छ ।
सो धान खेतमा जमिन मुनीबाट निस्किएको तेल पानिले भरीएको धान खेतको सतहमा माथी तैरिएर बगीरहेको छ ।petrol sunsari

स्थानीय बेचनी खातुनको धान खेती गर्दै आएका मो.ताहिर मन्सुरीले खेतमा धान गोडने क्रममा जमिन मुनीबाट तेल निस्किएर दक्षिण तर्फ पानीले भरीएको धान खेतमा करिब २०० सय मिटर सम्म बग्दै गएको देखे पछी सो स्थानमा तेल आशंका गरिएको छ । शुक्रवार दिउँसो देखी जमिन मुनी बाट तेल निस्कीएर धान खेतको पानीमा तैरिदै बग्दा पुरै धान खेती नष्ट हुने अवस्था आए पछि तेल निस्कीएको दुलो माटो हालेर पुरिएको मो.ताहिर मन्सुरीले बताएका छन । खेत धनी मुजीवर रहमानले तेलको गन्धले पुरै खेत गन्हाएको र तेल डिजेल मट्टीतेल जस्तै गन्ध आईरहेको बताए । अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरी सहायक निरीक्षक दिलीप चौधरीको नेतृत्वमा सुरक्षा टोली खटिएको छ । प्रहरी सहायक निरीक्षक चौधरीले खेत आसपास सवै तिर पानी माथी तेल बगेर तैरिरहेका हुदाँ तेलको गन्ध र तेल जस्तो पदार्थ जमिन मुनी बाट निस्कीरहेको बताए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment