var adfly_advert = 'banner';

पार्किङ गरिएको गाडीबाट रु २५ लाख गायब



। विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट रु २५ लाख गायब भएको छ ।

तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट सो रकम साटेर सो स्थानमा गाडी पार्किङ गरिएको बेलामा गाडीको सिसा फुटाएर अज्ञात व्यक्तिले झोलामा राखिएको सो रकम लिएर फरार भएको पीडितलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तेह्रथुमस्थित माउन्ट मकालु बैंको को१त ८०१९ नम्बरको गाडीमा सो घटना भएको हो । गाडीमा रहेका सो बैंकका कर्मचारी सुमन लिम्बू र चालक वीरबहादुर माबुहाङ, लिम्बूको जनाएनुसार पानी खान गएको बेलामा सो घटना भएको जानकारी गराएको छ ।

यस सम्बन्धमा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले सो ठाउँमा प्रहरी तैनाथ रहने गरेको र सिसी क्यामरासमेत जडान रहेकाले यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ । रासस
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment